चितुवाको छालासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

चितुवाको छालासहित दुई जना पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाा प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेहरुमा रिब्दिकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही स्थानका ४० वर्षीय रविल मिया रहेका छन् ।

मंगलबार दिउँसो रिब्दिकोट गाउँपालिका ५ कुसुमखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । विषेश सूचनाका आधारमा लु्म्विनी प्रदेश अनुसन्धान समुह र प्रहरी चौकी हार्थाेकको सयुक्त टोलीले मुझुङ्ग वतासेबाट तानसेन ल्याउदै गर्दा छाला बरामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको शरिर तथा झोला खानतलासी गर्दा चितुवाको छला बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

उनीहरुबाट घटनामा प्रयोग गरिएको लु ३७ प ४४४ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उ

नीहरुलाई अनसुन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र