सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग | Khabarhub Khabarhub

सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरूले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उनीहरूले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरूलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गरे । उनले क्षति कम बेहोर्न दीर्घकालीन योजनाको खाँचो रहेको औँल्याउँदै भारतसँग देखिएको समस्या कूटनीतिक रुपमा समाधान गर्न पनि आग्रह गरे ।

सोही पार्टीका सांसद रमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि र सरकारले बाटो नविराओस् भनेर गठबन्धन दलबाट साझा कार्यक्रम सार्वजनिक गरिसकेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कम्तीमा काम गर्न दिन पनि आग्रह गर्दै उनले सरकारले आगामी दिनमा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई उन्मूलन नगर्दासम्म मुलुकले सोचे अनुसारको विकास गर्न नसकिने बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि उनले सरकारसँग आग्रह गरे ।

कतिपय जिल्लामा विद्युत्लगायत विकास निर्माण कार्य अधुरै रहेकाले प्रक्रिया अघि बढाएर अधुरा योजना सम्पन्न गर्न सरकारसँग उनले अनुरोध गरे । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिमलाल भट्टराईले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गरे ।

सत्ताधारी दलको आलोचना गर्दै उनले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताए ।

सोही पार्टीका सांसद बिमला घिमिरेले दार्चुला घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरे । कोरोनाविरुद्धको खोप लगाउने कार्य अव्यवस्थित भएकाले कोरोना सङ्क्रमण झन बढ्ने स्थितितर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

कक्षा १२ को परीक्षा स्थगित गर्दा विद्यार्थी मारमा परेकोमा उनले चिन्ता प्रकट गरे । सोही पार्टीका अगमप्रसाद वान्तवा राईले इलामको चिया बगानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

बगानले कर नतिरेको भन्ने गुनासोको वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग उनले माग गरे । उनले चिया बगानलाई पर्यटन विकासमा भरपुर उपयोग गर्नु पनि आग्रह रे ।

एमालेकै तुलसाकुमारी दाहालले सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीनको समस्या बल्झाएको बताउँदै भारतीय सीमा क्षेत्रमा रहेका सीमान्तकृत र दलित परिवारको उचित व्यवस्थापनका लागि सरकारसँग माग गरिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : १७ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच के भयो कुराकानी ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा

बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल

काठमाडौं –  मंगलबार बिहान ११ बजे संघीय संसद भवनमा नीति

भारतको मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं– भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र