किन तपाईंलाई लामखुट्टेले बढि टोक्छ ? | Khabarhub Khabarhub

किन तपाईंलाई लामखुट्टेले बढि टोक्छ ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर हामी मध्ये कतिपय यस्ता छौ जसलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ । तर किन त ?

लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण :

१. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ ।

२. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ ।

३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।

४. कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन् ।

५. बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।

६. अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।

७. यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

८. मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन् । त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

९. लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

१०. सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ ।
धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ४२ बजे

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।