१० लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

१० लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झण्डै १० लाख रुपैयाँ नेपाली नक्कली नोटसहित रौतहटबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चमरीयाका अनुसार प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले रौतहट ईशनाथ नगरपालिका–४ मा रहेको कालिमन्दिर नजिकैबाट चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : २५ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह