लुम्बिनीमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण | Khabarhub Khabarhub

लुम्बिनीमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ ।

शनिबार कपिलवस्तु नगरपालिका – ५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन् हुने बताए । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमा सहितको पार्कले ध्यान खिच्ने उनको भनाइ छ ।

अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ । कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो । यस अघि बर्मामा कनकमणिको मुर्ति स्थापना गरिएको थियो । मुर्तिसहित बगैँचाको समेत उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ४५ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी