माओवादी अब सिद्धिन्छ, पछि लाग्नुको कुनै अर्थ छैन : टोपबहादुर रायमाझी | Khabarhub Khabarhub

माओवादी अब सिद्धिन्छ, पछि लाग्नुको कुनै अर्थ छैन : टोपबहादुर रायमाझी


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भएपनि माओवादी केन्द्रले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गरे ।

उनले आफैँले बनाएको संविधानलाई माओवादीले नमानेर अराजकता सिर्जना गर्न खोजेको धारणा पनि राखे । रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको जिकिर गरे ।

उनले देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने धारणा राखे । उनले माओवादी अब सिद्धिने भन्दै त्यस्ता पार्टीको पछि लागेर कुनै अर्थ नहुने बताए ।

उनले माओवादीले यसअघि पनि महाधिवेशनमा खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने काम गरेको आरोप लगाए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : १५ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट