ज्योति विकास बैंक र क्यानबीच सहकार्यको सम्झौता | Khabarhub Khabarhub

ज्योति विकास बैंक र क्यानबीच सहकार्यको सम्झौता


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधि प्रबर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रबर्द्धन, तालिम र सेवा विस्तारित कार्यान्वयनका लागि कार्यक्रम सञ्चालनमा ल्याउनेछन्।

शुक्रबार एक कार्यक्रमबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारीअधिकृत पारसराज कँडेल र क्यानकातर्फबाट क्यानका उपाध्यक्ष श्रञ्जितकुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

साथै, सम्झौताअनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यानअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्नेछ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ३६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र