बागमती प्रदेशले ल्यायो कोरोना रोकथाममा केन्द्रित नीति तथा कार्यक्रम (पूर्णपाठ) | Khabarhub Khabarhub

बागमती प्रदेशले ल्यायो कोरोना रोकथाममा केन्द्रित नीति तथा कार्यक्रम (पूर्णपाठ)


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ ।

प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा विहीबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बागमती प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको हो ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण अभिभावक गुमाएकालाई भत्ता दिने घोषणा गरिएको छ । त्यस्तै यस्तै, ३६९ वटा स्थानीय तहमा ‘एक विद्यालय एक नर्स’ अभियान सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।

यस्तै, मेट्रो रेलको सम्भाव्यत्ता अध्ययन, खनिज इन्धनबाट चल्ने सवारी–साधन हटाउँदै विद्युतीय गाडी सञ्चालन गर्ने नीति पनि प्रदेश सरकारले लिने जनाएको छ ।

प्रदेशका सरकारी कार्यालयलाई विद्युतीय सवारी–साधन खरिदमा प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख छ । कृषि क्षेत्रलाइ पनि नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको प्रदेश प्रमुख प्रसाईले जानकारी दिए ।

यस्तो छ पूर्ण पाठ

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ४६ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा