दीपक मनाङेका भाइ कोर्तो प्रहरी हिरासतमा | Khabarhub Khabarhub

दीपक मनाङेका भाइ कोर्तो प्रहरी हिरासतमा


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै समयमा गुण्डा नाइके भनेर चिनिएका तथा अहिलेका गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङका भाई कोर्तो गुरुङ यतिबेला प्रहरी हिरासतमा छन् ।

महानगरीय प्रहरी परिसर ललितलपुरका अनुसार  उनलाई गत जेठ १६ गते लागुऔषधसहित पक्राउ गरिएको छ ।

उनीसँगै आफूलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का पनि पक्राउ परेका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार कोर्तो एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा कारोबार हुने ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन् ।

अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ४० बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना