देउवाको प्रश्न : ३ वर्षमै विश्वासको मत लिनु पर्ने अवस्थाको जिम्मेवार को ? | Khabarhub Khabarhub

देउवाको प्रश्न : ३ वर्षमै विश्वासको मत लिनु पर्ने अवस्थाको जिम्मेवार को ?


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतमाथि कांग्रेसको धारणा राख्दै सभापति देउवाले अहिलेको सरकार बनेको ३ वर्षसम्मको काम हेर्दा मुलभूत रुपमा सरकार असफल रहेको बताएका हुन् । उनले भने,‘३ वर्षमा विश्वासको मत लिन आउनुपरेको छ । यसको को जिम्मेवार हो ? स्वयं प्रधानमन्त्री नै जिम्मेवार हो ? सहयोगी भूमिका निर्वाह गर्दा आलोचित पनि भयौँ । कार्यकारी प्रमुखको कामको पनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि दोष र गुनासो थोरेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न मिल्छ ? केपी ओली सरकार मुलभूत रुपले असफल भएको छ ।’

प्रधानमन्त्री ओलीलाई एकपटक छातीमा हात राखेर आफैँले गरेका कामको समीक्षा गर्न आग्रह गरेका सभापति देउवाले भने, ‘केपी ओलीजी छातीमा हात राखेर भन्नुस् । यो अवस्था तपाईंले सिर्जना गरेको होइन ? ’

कोरोना महामारीको अहिलेको अवस्था आउनुमा सरकार जिम्मेवार रहेको सभापति देउवाले बताए । उनले भने,‘संसदमा विश्वासको मतका बारेमा छलफल गरिरहेको अवस्थामा कोभिडको महामारीका कारण अस्पताल नपाएर मर्नु पर्ने अवस्था छ । कोरोनाको महामारी शुरु भएको एकवर्षभन्दा बढी भइसक्यो । कांग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेर ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत हुन सकेन ।’

आफूलाई विश्वासको मत नआउने थाहा पाउँदापाउँदै पनि ओलीले विश्वासको मत मागेको सभापति देउवाले बताए । कोरोना महामारी नियन्त्रण गर्नुपर्ने सरकार आफैँले ठूलाठूला आमसभा गरेर कोरोना महामारी फैलाएको सभापति देउवाले आरोप लगाए । उनले भने, ‘तयार हुन बाँकी रहेको धरहरा उद्घाटन गर्नुभयो । यो गैरजिम्मेवारी होइन ? ’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर