साउदीमा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड | Khabarhub Khabarhub

साउदीमा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’गरेको आरोपमा मृत्युदण्ड दिएको छ । शनिबार त्यहाँको रक्षा मन्त्रालयले तीन सैनिकलाई मृत्युदण्ड दिएको जनाएको हो ।

राज्यद्वारा सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित गरेको मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्‍याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।”

विज्ञप्तिमा सैनिक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई, उनीहरूले कोसँग राज्यविरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो ।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो । यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए ।

प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताउने गरिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ३२ बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते