कति पारिश्रमिक लिन्छन् ‘कपिल शर्मा शो’का कलाकार ? | Khabarhub Khabarhub

कति पारिश्रमिक लिन्छन् ‘कपिल शर्मा शो’का कलाकार ?


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतीय टेलिभिजनमा ‘कपिल शर्मा शो’ सर्वाधिक लोकप्रिय टेलिभिजन शो मानिन्छ । टीआरपीदेखि लिएर मानिसलाई मनपर्ने शोका रुपमा यसलाई लिइन्छ ।

यो शोको लोकप्रियताको श्रेय यसको टिमलाई जान्छ । तर विशेष श्रेय यसका सञ्चालक कपिल शर्मा आफैं हुन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार यो शोका कलाकारहरुको पारिश्रमिक कुनै पनि बलिउड कलाकारको भन्दा कम छैन ।

हालसम्म कपिलले एक समयमा एक एपिसोडवापत ३० देखि ३५ लाख पारिश्रमिक लिन्थे । अहिले उनले आफ्नो पारिश्रमिक बढाएर प्रति एपिसोड ५० लाख पु¥याएका छन् ।

कपिल शोमा नवजोत सिंह सिद्धूको स्थानमा आउने कलाकार अर्चना पुरण सिंहको प्रति एपिसोड पारिश्रमिक १० लाख रुपैंयाँ छ । उनले यसअघि अन्य कैयौं कमेडी शोमा सहभागिता जनाइसकेकी छन् ।

अर्का कलाकार कृष्णा अभिषेक शोमा सपनाको भूमिका निभाइरहेका छन् । उनी एक एपिसोडका लागि १० देखि १२ लाखसम्म पारिश्रमिक लिन्छन् ।

किकू शारदा सुरुवाती समयदेखि नै यो शोको हिस्सा हुन् । समयसँगै उनले आफ्नो भूमिकामा निकै परिवर्तन गरेका छन् । उनी कपिलको एकदमै नजिकमध्येमा पर्छन् । उनी यो शोमा काम गर्दा प्रति एपिसोड ५ लाख रुपैंयाँ लिन्छन् ।

यो शोको अर्को महत्वपूर्ण सदस्य भारती सिंह पनि हुन् । टेलिभिजन शोका अलावा उनी कैयौं हिट अवार्ड शोको सञ्चालक पनि हुन् । त्यहीकारण उनी शोको प्रति एपिसोड १० देखि १२ लाख रुपैंयाँ पारिश्रमिक लिन्छिन् ।

चन्दन प्रभाकर कपिल शर्माका बाल्यकालदेखिकै साथी हुन् । दुवैले कैयौं कमेडी शोमा काम गरेका छन् । उनी कपिलको लाफ्टर च्यालेन्जमा पनि सहभागीका रुपमा थिए । चन्दनले प्रति एपिसोड ७ लाख रुपैंयाँ पारिश्रमिक बुझ्छन् ।

यो शोको प्रमुख अभिनेत्रीमा सुमोना चक्रवर्ती पनि पर्छिन् । सुमोना एक शोबाट ६ देखि ७ लाख रुपैंयाँ पाउछिन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : १० बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक