अमेरिकी र्‍यापर र अभिनेता अर्लको निधन | Khabarhub Khabarhub

अमेरिकी र्‍यापर र अभिनेता अर्लको निधन


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–अमेरिकी र्‍यापर र अभिनेता अर्ल सिमन्सको हृदयघातका कारण निधन भएको छ । उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे ।

अमर उजालामा प्रकाशित समाचारअनुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो ।

उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए । गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो एलबम ‘इट्स डार्क एण्ड हेल इज हट’ले पहिलो स्थान पाएको थियो ।

उनले ‘रफ राइडर्स एन्थम’, ‘गेट एट मी डग’ र ‘स्टप बिइङ ग्रीडी’ जस्ता लोकप्रिय गीत दिए । उनको दुई एलबम ‘द ग्रेट डिप्रेशन’ र ‘ग्राण्ड च्याम्प’लाई दर्शकले निकै मनपराए ।

विगत दुई वर्षदेखि डीएमएक्स मादक पदार्थको सेवनको समस्यामा जुधिरहेका थिए । सन् २०१९ मा यो समस्याबाट मुक्ति पाउनका लागि एक मदिरा सेवन मुक्त केन्द्रमा गएका थिए । जसकारण उनले कैयौं शो रद्द गर्नुपरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : १० बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको