विश्वभर १० करोडभन्दा बढी संक्रमित निको, २९ लाखभन्दा धेरैको मृत्यु | Khabarhub Khabarhub

विश्वभर १० करोडभन्दा बढी संक्रमित निको, २९ लाखभन्दा धेरैको मृत्यु


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर १० करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १० करोड ८८ लाख ४५ हजार ४३१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८०.४६ प्रतिशत हो ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ४४० पुगेको छ  । पछिल्लो २४ घण्टामा १३ हजार २४ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७४ हजार ८०७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख ४८ हजार ९३४ जना, भारतमा १ लाख ६८ हजार ४६७ जना, रूसमा १ लाख २ हजार २४७ जना, बेलायतमा १ लाख २७ हजार ४० जना, फ्रान्समा ९८ हजार ३९५ जना, इटालीमा १लाख १३ हजार ५७९ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ६९ हजार ८९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १३ करोड ५२ लाख ७३ हजार ८६३ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ३५ लाख ९९२ छ । यसमध्ये १ लाख १ हजार ८९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : ५० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन