यस्तो बन्दैछ काष्ठमण्डप (फोटो फिचर) | Khabarhub Khabarhub

यस्तो बन्दैछ काष्ठमण्डप (फोटो फिचर)

काठको अभावले काष्ठमण्डप पुनर्निर्माण हुन अझै ३ महिना लाग्ने



काठमाडौँ– भूकम्पले क्षतिग्रस्त काठमाडौँको हनुमानढोका दरवार क्षेत्रको काष्ठमण्डप पुनर्निर्माण काम सम्पन्न गर्न अझैं ३ महिना लाग्ने भएको छ ।

यसअघि काष्ठमण्डप निर्माण समितिका अध्यक्ष राजेश शाक्यले वैशाख १२ गते भूकम्प गएकै दिन उद्घाटन गर्ने गरी काम भइहेको बताएका थिए ।

यद्यपी समयमै काठको आपूर्ति हुन नसक्दा वैशाख १२ सम्म पुनर्निर्माण सम्पन्न नहुने भएको हो । ‘काठ समयमा नआएकाले वैशाख १२ मा सम्पन्न नहुने भयो’ उनले भने ।

लक्ष्यअनुरुप काम भइरहेको र हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

सम्झौताअनुसार ०७८ असार मसान्तसम्म काष्ठमण्डप सक्नुपर्ने बाध्यता निर्माण समितिलाई छ । सोहीअनुरुप ३ महिना भित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको उनले बताए ।

काष्ठमण्डप पुनर्निर्माणमा महोत्तरी, पर्सा, धनगढी, रौतहट लगायतका जिल्लाबाट ल्याइएको सालको काठ प्रयोग भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको माहामारीको समयमा पनि काष्ठमण्डप पुनर्निर्माणमा खासै प्रभाव नपरेको तर प्रायः काठकै समस्याका कारण निर्माण प्रभावित बन्ने गरेको शाक्यले बताए ।

‘कोभिडका समयमा करिब १ महिना काम बन्द भयो’ उनले भने, ‘तर त्यो समयमा पनि काठ अभाव नहुन्जेल काम निरन्तर भइरहेको थियो ।’

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पुगेको सातौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । त्यसपछि साउन १ बाट पुनर्निर्माण थालिएको थियो ।

पुनर्निर्माणका लागि १७ हजार ५८ क्युबिक फिट काठ आवश्यक पर्ने समितिको अनुमान थियो । यद्यपी हालसम्म १० हजार क्युबिक काष्ठमण्डपका लागि प्रयोग भएको छ ।

उनकाअनुसार आवश्यक पर्ने काठमध्ये केही पुराना र नयाँका लागि टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता भइ ल्याइरहेको छ । पुनर्निर्माणका लागि अझैं १ हजार क्युबिक काठ चाहिने उनले बताए ।

काष्ठमण्डप एउटै सालको रुखबाट बनेको किंवदन्ती छ । काष्ठमण्डप पुनर्निर्माणका लागि इटा उद्योगसँग सम्झौता गरी पुरानै साइजको इटा उत्पादन गरेको र उपत्यकाभित्रका विभिन्न स्थानबाट कालो माटो ल्याइ प्रयोग गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि १९ करोड बजेट पुरातत्व विभागले अनुमानित गरेको थिायो । यद्यपी मन्दिर पुनर्निर्माणका लागि हालसम्म साढे १० करोड खर्च भएको छ ।

‘एक पटक ५० लाख र दुई पटक पाँच-पाँच करोड गरी महानगरबाट काष्ठमण्डप पुनर्निर्माणका लागि साढे १० करोड रकम आइसकेको छ’ शाक्यले भने, ‘फागुन मसान्तसम्म ९ करोड ३१ लाख खर्च भइसकेको छ ।’

अहिलेसम्मको लागतका आधारमा करिब १२ करोडमा पुनर्निर्माण सम्पन्न हुने समितिको अनुमान छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ११ : २१ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ