माधव नेपाल समूहका केन्द्रीय सदस्यहरु आन्तरिक छलफलमा | Khabarhub Khabarhub

माधव नेपाल समूहका केन्द्रीय सदस्यहरु आन्तरिक छलफलमा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

ओली पक्षसँग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा नेता नेपाल समूहका नेताहरु छलफलमा जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

भेलामा माधव नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी छन् ।

एमाले पुनःस्थापना भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग भेटेका छैनन् ।

अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनमा टुंगो लगाउने गृहकार्य गरिरहेका बेला नेता नेपाल समूहका केन्द्रीय सदस्यहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने फैसला गरेसँगै माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र