फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट | Khabarhub Khabarhub

फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट भएका छन् ।

चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्वीरहरु  बोर्डको फोटो अभियानको साइटमार्फत पठाउन आह्वान गरिएको थियो ।

कूल प्राप्त ६ सय ८७ फोटोहरु मध्यबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ ।

विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए ।

नेपाल पर्यटन बोर्डले पाँच वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो ।

फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरू भएको थियो ।

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल शुरू गरिएको हो ।

हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ३९ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार