यस्तो देखियो नेकपा दाहाल–नेपाल समूहको 'शक्ति प्रदर्शन' (फोटोफिचर) | Khabarhub Khabarhub

यस्तो देखियो नेकपा दाहाल–नेपाल समूहको ‘शक्ति प्रदर्शन’ (फोटोफिचर)


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि आन्दोलित छ । प्रतिनिधिसभा विघटनसम्बन्धी हाल मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ ।

सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गर्दै संसद् पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए ।

उनले भने, “अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुन्छ ।”

उनले सडकमा आएका जनताका आवाजलाई सुन्न आग्रह गर्दै जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गरे ।

“शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन”, उनले भने , “हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अब शान्तिपूर्ण विद्रोह ‘ग्रिन रिभोलुसन’ हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।”

अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै सूर्य चिह्न आफूहरुले नै पाउने जिकिर गरे ।

“चुनाव चिह्न सूर्य हामीसँग छ । निर्वाचन आयोगलाई शंका छ भने ४४१ केन्द्रीय सदस्यलाई एकएक हेरेर निर्णय गर्नुपर्छ”, उनले भने ।

आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर प्रधानमन्त्रीले गरेको दाबीको खण्डन गर्दै उनले प्रश्न गरे, “केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन् । पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने ? पार्टीको विधानबाट थाहा पाउने ? विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन । सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन । कसरी पहिलो नम्बरको अध्यक्ष ?”

वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको आवाज नसुने जनआन्दोलनको आगो दन्किने चेतावानी दिए ।

प्रचण्ड र माधव नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको जिकिर गर्दै उनले आयोगलाई आधिकारिकता छुट्ट्याउन गाह्रो परेको भए आफूहरुको प्रदर्शनलाई हेर्न आग्रह गरे ।

यसैगरी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन आन्दोलन गर्नुपरेको उल्लेख गर्दै भने, “पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सञ्चालन गर्नु र असंवैधानिक कदम असफल पार्न, संवैधानिक परिषद्को अवैधानिक बैठकबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौँ ।”

स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले कम्युनिष्ट पार्टीबाट नेतृत्वमा आएका व्यक्तिबाट असंवैधानिक कदम गरिएकाले आम जनता आन्दोलनमा उत्रनुपरेको बताए । अर्का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले लाखौँको बलिदानबाट प्राप्त संविधानलाई मिच्न नपाइने बताए ।

सभाअघि राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो ।

माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौरबाट जुलुस भएको थियो । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भएको थियो । सभाका लागि पुरानो बसपार्क, प्रदर्शनी मार्ग र भद्रकालीका बीचमा ‘टी’ आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको थियो ।

तस्वीर- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुकबाट

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : २६ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण