तस्वीरमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ | Khabarhub Khabarhub

तस्वीरमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’को यतिबेला पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको छ । माघको पहिलो साता छायांकन शुरु भएको फिल्मका केही तस्वीरहरु फिल्मको सुटिङ सेटबाट सार्वजनिक भएका छन् ।

तस्वीरमा आर्यन र उपासनाको विभिन्न भावलाई देखाइएको छ । प्रविण झाको निर्देशन रहेको फिल्ममा सुमन थापा ‘रोहित’, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ । निर्देशक प्रविणले पोखराको केही दिनको सेड्युल सकेलगत्तै काठमाडौंमा दुई साताको समय तालिकामा सुटिङ गरिनेछ ।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता र राजकुमार भट्ट निर्माता छन् । बिपीका खनालको कथा रहेको फिल्ममा केदार भुषालको पटकथा तथा संवाद र महेश आर गुप्ताको छायांकन छ । फिल्म २०७८ साउन १ गते रिलिज हुनेछ । फिल्मको युट्युब र अष्ट्रेलिया राइट बिक्री भइसकेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : २० बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध