यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ: झलनाथ खनाल | Khabarhub Khabarhub

यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ: झलनाथ खनाल


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल समूहको नेकपा) का नेता झलनाथ खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताएका छन् ।

आज (बुधवार) काठमाडौंमा प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् ।

उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध कार्यक्रम भइरहेको प्रदर्शनी स्थलमा हेर्न आउन समेत आग्रह गरे ।

‘केपी ओली र केपी ओलीका समर्थक साथीहरु आउनुस्, पदर्शनीस्थलमा आउनुस्, हामी देखाउँछौं, नेकपाको आवाज भनेको यो हो,’ उनले भने ।

उनले निर्वाचन आयोग कुन पार्टी आधिकारिक भएको भन्नेमा अलमल नपर्न पनि आग्रह गरे ।

‘कुन चाहिँ पार्टी आधिकारिक होला भनेर अहिले निर्वाचन आयोगलाई पनि सकस परेको छ तर, हाम्रा सम्मानित आयुक्तहरु अल्मलिने कारण केही छैन, आउनुस्, काठमाडौंका सारा सडकमा हाम्रो पार्टी पोखिएको छ,’ उनले भने, ‘योभन्दा कुनै पनि पार्टी नेपालमा आधिकारिक हुन सक्दैन ।’

उनले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको आरोप लगाए । उनले केपी ओलीलाई आफ्नो भविष्यतर्फ विश्वास नरहेको बरु पशुपतिनाथमाथि विश्वास भएको समेत आरोप लगाए ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ४४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर