आइटम गीत नगाउने ‘मुन्नी बदनाम’ गायिकाको घोषणा | Khabarhub Khabarhub

आइटम गीत नगाउने ‘मुन्नी बदनाम’ गायिकाको घोषणा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–बलिउडका आइटम गीत ‘मुन्नी बदनाम हुई’, ‘फेवीकोल से’ र ‘टिंकू जिया’ जस्ता आइटम डान्स नम्बरका गीत गाएर चर्चित बनेकी गायिका ममता शर्माले अबका दिनमा आइटम गीत नगाउने घोषणा गरेकी छन् । उनले आफूले टाइपकास्ट किसिमका गीत गाएकाले अब यस्ता गीतबाट टाढिने जनाएकी हुन् ।

‘मैले महशुस गरेको छु कि म लगभग ५ देखि १० वर्षदेखि टाइपकास्ट गरिरहेको थिएँ । त्यसपछि मानिसहरुलाई म केही अलग पनि गर्न सक्छु भन्ने महशुस भएछ । गायक पनि टाइपकास्ट हुन सक्छन् । यदि तपाईंले मेलो ट्रेक दिनुभयो भने तपाईंले जहिल्यै पनि त्यस्तै गीत गाउनुपर्ने हुन्छ’, उनले भनेकी छन् ।

आइटम डान्सवाला गीत गाउने गायिकाको छवि बचाउनका लागि ममताले हिन्दी फिल्ममा गीत गाउन बन्द गरेकी छन् । आफ्नो बहुमुखी प्रतिभालाई प्रमाणित गर्नका लागि उनले अब रोमान्टिक फ्लेभरका गीत गाउने निर्णय लिएकी छन् ।

‘मैले २०१५ पछि यस्ता आइटम डान्सिङ नम्बरका गीत गाउन बन्द गरेको थिएँ । त्यसपछि मैले अगाडि बढ्न के गर्नुपर्छ भन्ने सोचें । त्यसपछि मैले युट्युब च्यानलका साथ स्वतन्त्र रुपमा गाउन शुरु गरें । अनि ओरिजिनल म्यूजिक(लेबल)ले मलाई सम्पर्क गर्यो र ‘रज रज अंखिया रोया’ गाउन प्रस्ताव गरे । मलाई यो गीत राम्रो र मधुर लाग्यो । किनकी यो केही नयाँ थियो र मलाई मनपरेको पनि थियो ।’ उनले भनेकी छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ४५ बजे

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी