हातगोडा फुटेमा के गर्ने ? यी हुन् ५ उपाय | Khabarhub Khabarhub

हातगोडा फुटेमा के गर्ने ? यी हुन् ५ उपाय


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो मौसममा धेरै मानिसको हातगोडा फुट्ने समस्या हुन्छ । चिसोको कारण छालामा सुख्खापन हुनु, छाला फुट्नु लगायतका कारणले जाडोमा हातगोडा फुट्ने गर्दछ । यस्ता समस्याले अनुहार तथा हातगोडाको सुन्दरतामा ह्रास त आउँछ नै साथै व्यक्तित्वमा पनि प्रभाव पार्दछ ।

जाडोमा हातगोडा फुट्दा त्यसबाट रगत बग्ने गर्दछ र दुखाई बढ्दछ । समयमै उपचार हुन नसके कहिल्यै निको नहुने गरी कुर्कुच्चा सधै कुरुप देखिन सक्छ । यस्ता समस्याबाट बच्न विभिन्न क्रिमका साथै घरेलु विधि पनि उपयोगी हुन्छ ।

१. तातोपानी
राति सुत्नुभन्दा अगाडी तातोपानीमा हातगोडा राम्ररी डुबाउनुहोस् । सो तातोपानीमा ३ चम्चा चिनी राखेर धोएमा छालाका फोहोर सफा हुन्छ । त्यसपछि क्रिम लगाउँदा छाला नरम हुने र फुट्ने समस्या कम हुँदै जान्छ ।

२. मोस्चराइजर क्रिम
नुहाएपछि र राति सुत्नुभन्दा अगाडि अनिवार्य हातगोडामा मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ । यदि मोस्चराइजर क्रिम नभए तेलको प्रयोग गर्न सकिन्छ ।

३. जुत्ता
हातगोडा फुट्ने समस्याबाट बच्न जाडोमा दिनभरी जुत्ता लगाउनु समेत प्रभावकारी हुन्छ । तर सकेसम्म आरामदायी र हल्का हावा छिर्ने जुत्ता लगाउनु पर्दछ । तर लामो समयसम्म जुत्ता लगाइ राखेमा चिलाउने समस्या हुनसक्छ ।

४. कागती
हातगोडाको फुट्ने समस्या हटाउन साथै छाला नरम राख्न आधा कागती काटेर त्यस भागमा दल्नुहोस् । त्यसपछि नुन हालेर तातोपानीमा गोडा डुबाउनुहोस् । एक सातासम्म यहि प्रक्रिया दोहोराएमा हातगोडा फुट्ने समस्या समाधान हुँदै जान्छ ।

५. तेल वा चीनी
हातगोडा रुख्खापन हुने समस्या हटाउन फुटेर बाहिर निस्किएको भाग कैँचीले काटेर पनि हटाउन सकिन्छ । यस्तोमा धेरै पीडा भएमा तेलले मालिस गर्नुपर्छ । साथै एक चम्चा सूर्यमुखी तेलमा २ चम्चा चिनी हालेर विस्तारै गोडामा मसाज गर्दा गोडामा टाँसिएको धुलो सफा हुने र गोडाका समस्याहरु कम हुँदै जान्छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ०१ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि