डिप्रेसनले फेरियो आमिरपुत्रीको दिनचर्या | Khabarhub Khabarhub

डिप्रेसनले फेरियो आमिरपुत्रीको दिनचर्या


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान आफ्नो पिताझैं बोल्नमा निडर छिन् । उनी आफ्नो विचारहरु सार्वजनिक रुपमै राख्छिन् । हालै मात्र उनले सामाजिक आफ्नो मानसिक स्वास्थ्य संघर्षको बारेमा खुलेर कुरा राखेकी छन् ।

इराले पहिलोपटक तीन महिना अघि आफ्नो डिप्रेसनका बारेमा कुरा गरेकी थिइन् । उनी चार वर्षदेखि डिप्रेसनमा छिन् । डिप्रेसनमा परेपछि उनी निरन्तर रुपमा मानसिक स्वास्थ्यका विषयमा आफ्नो बुझाई भिडियोमार्फत अरुलाई सुनाउदै आएकी छन् । इराले आफ्नो युट्युब च्यानलमा हालसम्म तीनवटा भिडियो पोस्ट गरेकी छन् । उनले पहिलो भिडियोको शीर्षक ‘माई प्रिविलेज’ राखेकी छन् । उनी इन्स्टाग्राममा प्रायः अंग्रेजीमा आफ्नो शेयर गर्छिन् । त्यसपछि युट्युबमा हिन्दीमा डबिङ गरेर भिडियो अपलोड गर्छिन् ।

सामाजिक सन्जालमा उनको सक्रियता तिब्र छ । उनको फलोअर्स कुनै स्टारको भन्दा कम छैन । उनी हालै मात्र आफ्नो दाई जायनको विवाहमा देखिएकी थिइन् । उनले आफू डिप्रेसनमा परेकै कारणले पनि दाइको विवाहमा नक्कली मुस्कान देखाएको उल्लेख गरेकी छन् ।

दाइको विवाहपछि उनले एक भिडियो इन्स्टाग्राममा शेयर गरिन् । उनले डिप्रेसनमा परेर भए पनि जायनको विवाहमा सहभागिताको अनुभव कस्तो रह्यो भन्ने खुलाएकी छन् । ‘म आफ्नो मेन्टल हेल्थसँग जोडिएको भिडियो हरेक दिन सामाजिक सन्जालमा शेयर गर्न चाहन्थें । तर डिप्रेसनका कारण त्यो गर्न सकेको छैन । किनकी यो समयमा मेरो कार्यतालिका नै रुने, खाने र सुत्ने छ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : १० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला