भगवान शनिको शनिबार यसरी पूजा गरे पक्का मिल्छ पुण्य | Khabarhub Khabarhub

भगवान शनिको शनिबार यसरी पूजा गरे पक्का मिल्छ पुण्य


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् ।

ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

– शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

– हरेक शनिबार शनिको पूजा गर्नुहोस् ।

– पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।

– खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

– शनिबार कालो तिल दान गर्नुहोस्।

– ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

– हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

– हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।

– नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : १५ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ