अनेरास्ववियूद्वारा संसद विघटनको विरोध गर्दै माइतीघरमा बयलगाडा जुलुस (भिडियोसहित) | Khabarhub Khabarhub

अनेरास्ववियूद्वारा संसद विघटनको विरोध गर्दै माइतीघरमा बयलगाडा जुलुस (भिडियोसहित)


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनको विरोध गर्दै काठमाडौँको माइतीघरमा ‘बयलगाडा जुलुस’ निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा अनेरास्ववियूले  माइतिघर मण्डलामा सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गरेको हो ।

थापाथली इन्जिनियरिङ क्याम्पसबाट बयलगाडासहित निस्किएको ¥यालीसहितको विरोध प्रदर्शन माइतिघर मण्डलासम्म पुगेको थियो ।

बयलगाडामा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर सो पुत्ला दहन गरिएको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै उनीहरुले बयलगाडा प्रदर्शन गरेको जनाएका छन् ।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियूले आइतबार काठमाडौसहित देशका विभिन्‍न जिल्लामा बयलगाडा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : २४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र