मन्त्री रायमाझीलाई 'दाहाल-नेपाल' समूहका कार्यकर्ताले देखाए कालोझण्डा | Khabarhub Khabarhub

मन्त्री रायमाझीलाई ‘दाहाल-नेपाल’ समूहका कार्यकर्ताले देखाए कालोझण्डा


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेकपा ओली समूहको भेलामा सहभागी ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर देखाएर विरोध जनाएका छन् ।

नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो ।

भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहले कार्यक्रमस्थल बाहिर कालोबेलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाएका थिए ।

प्रचण्ड–नेपाल समूहले कावासोतीका राजमार्ग छेउछाउका बिजुलीका पोलहरुमा पनि कालोझण्डा टाँगेका थिए ।

कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि ठाउँठाउँमा कालोझण्डा टाँगेपछि मन्त्री रायमाझी आउनुभन्दा कालोझण्डा र ब्यानर हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पुरानो कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरुले विजुलीको पोल र प्रतिक्षालय अगाडि कालोझण्डा र ब्यानर टाँगेका थिए ।

सडक छेउमा टाँगिएको ब्यानरमा नेकपा जिल्ला समिति नवलपुर लेखिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ०२ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न