माओवादीले प्रदेश कमिटीमा पदाधिकारी संख्या बढाउने | Khabarhub Khabarhub

माओवादीले प्रदेश कमिटीमा पदाधिकारी संख्या बढाउने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश कमिटीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रदेशमा पदाधिकारीको संख्या ७ जनाबाट बढाएर ९ जना बनाउने निर्णय प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने उनले जानकारी दिए।

बैठकले केन्द्रीय सदस्यलाई प्रदेश तहमा जान जोड नदिने तर स्वच्छाले जान चाहनेलाई नरोक्ने निर्णय पनि गरेको छ। त्यस्तै माओवादीले प्रदेश कमिटीमा सदस्यहरूको संख्या पनि बढाएको छ । जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश कमिटी बन्ने प्रवक्ता महराले बताए।

त्यस्तै माओवादी प्रवेश गर्नेको लहर चलेको भन्दै माओवादी प्रवेश गर्नेको बिशेष अध्ययन गर्न देव गुरुङ, गिरीराजमणी पोखरेल र श्रीराम ढकालेको कार्यदल बनाएको उनले जानकारी दिए । माओवादी केन्द्रको प्रदेश सम्मेलन २५ गते हुँदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ५ : ५८ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव