प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने | Khabarhub Khabarhub

प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्।

काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले भोलि सुरु हुने १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका हुन्।

संस्थापनइतरबाट आफू नै साझा उम्मेदवार हुने उनको दाबी छ । ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने, कुनै हालतमा पछि हट्दिनँ।’

मंगलबारदेखि निरन्तर छलफल जारी रहे पनि इतरसमूहका शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा साझा उम्मेदवार तय हुन सकेको छैन ।

सो समूहबाट नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : ५७ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)