प्रदेश १ र २ बाहेक देशभरको मौसम सामान्य | Khabarhub Khabarhub

प्रदेश १ र २ बाहेक देशभरको मौसम सामान्य


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा पनि आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी  दिएको छ ।

साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ४२ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।