पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित) | Khabarhub Khabarhub

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पुरानो बानेश्वरस्थित एक आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

बिहीबार मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु बम रहेको आशंका गरिएकोमा नेपाली सेनाको टोलीले डिस्पोस गरेको हो ।

आँखा केन्द्रको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो ।

त्रास फैलाउन शंकास्पद वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेरौँ भिडियो 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ४ : २७ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको