अफगानिस्तानबाट उद्धार गरिएका ११ नेपाली भारतको क्वारेन्टिनमा | Khabarhub Khabarhub

अफगानिस्तानबाट उद्धार गरिएका ११ नेपाली भारतको क्वारेन्टिनमा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारिन्टनमा बसेका छन् । काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरु दुई साता क्वारेन्टिनमा बसेका हुन् ।

उनीहरुलाई नयाँ दिल्लीको भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा राखिएको छ । भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरि नयाँ दिल्ली पुर्‍याएको थियो ।

कोभिड परिक्षणपछि यही २६ अगस्टमा उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो । कोभिड परिक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । क्वारेन्टिन अवधिभर उनीहरु सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको छ ।

केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो । अहिलेसम्म केन्द्रमा बंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् ।

केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ४५ बजे

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण

चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

जापानको सहयोगमा विद्यालय भवन निर्माण

गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री