तीजमा पुशपतिनाथ : ढोका बाहिरबाटै दर्शन, मन्दिर परिसरमा नाचगान (फोटोफिचर) | Khabarhub Khabarhub

तीजमा पुशपतिनाथ : ढोका बाहिरबाटै दर्शन, मन्दिर परिसरमा नाचगान (फोटोफिचर)



काठमाडौँ– रातो पहिरनमा सजिएका महिलाहरु, पशुपतिनाथ मन्दिरको मुल ढोकाको बाँयातिर बाटोमै नाचिरहेका छन्। भीड बाक्लै छ, सुरक्षाकर्मीहरु माइकिङ गरिरहेका छन् – कृपया भीडभाड नगरिदिनु होला ।

दृश्य हो काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुलेको छैन ।

यद्यपी महिलाहरु बिहानैदेसख मन्दिर पुगेका छन् । मन्दिरको मुख्य ढोका अगाडि केही महिलाहरु धुप बालिरहेका थिए, केही भगवानलाई ढोगिरहेका थिए ।

दर्शनका लागि मन्दिर पुगेकाहरुमा कोरोना संक्रमणको त्रास कायमै छ ।

व्रत बसेका महिलाहरु मास्क लगाएर पशुपतिनाथ पुगेका छन् । कतिपय महिलाहरु पूजा सकिएपछि स्यानिटाइजरसमेत लगाइरहेका थिए । गेटमा पूजा सकिएपछि उनीहरु भीडभाड नगरी फर्किरहेका छन् ।

पशुपतिमा तीजको दिन लाखौंको संख्यामा भक्तजनहरु दर्शनका लागि आउने गर्छन् । देशमा कोरोना संक्रमण नभएको अवस्थामा बिहानदेखि साँझसम्म दर्शनको लागि महिलाहरु लाइन बस्थे ।

त्यसो त पशुपतिनाथ अघिल्लो वर्षपनि कोरोनाका कारण बन्द थियो ।

यसपालीको तीज अघिल्ला वर्षहरुमा भन्दा केही फरक देखिन्छ । कोरोना संक्रमणको त्रास रहिरँदा पनि महिलाहरु व्रत बसेर मन्दिर गइरहेका छन् ।

‘पोहोर पनि आएर गेटबाटै दर्शन गरेर फर्किएकी थिएँ, यसपाली नि मन्दिर बन्द भए पनि गेटबाटै दर्शन गरेर फर्किन्छु’, गोकर्णदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेकी रामकला थापाले खबरहबसँग भनिन् ।

उनी हरेक वर्ष तीजको दिन पशुपतिनाथ पुग्ने गरेको बताउँछिन् । विगतमा पशुपति मन्दिरमा घण्टौंसम्म लाइन बसेर दर्शन गर्ने गरेकी उनी दर्शनपछि कम्मर भाँचेरै नाचेको अनुभव सुनाउँछिन् ।

‘२ वर्ष भयो कोरोनाले रमाइलो गर्न दिएन, नत्र बिहानै आउने लाइन बसेर दर्शन गर्थेँ’, उनी हाँस्दै भन्छिन्, ‘दर्शन सकिएपछि दिनभर कम्मर भाँचीभाँची नाचिन्थ्यो ।’

रामकलाको जस्तै अनुभव धेरै महिलाको छ । तीजमा व्रत बस्ने शिव भगवानको मन्दिर पुग्ने र पुजाअर्चना गरेपछि मनोकांक्षा पुरा होस् भन्ने चाहना राख्छन् ।

विशेषगरी तीजका दिन व्रत बस्ने र शिव भगवानको पुजा गर्ने भएकाले मन्दिर प्रांगणसम्म पुग्दा आनन्दको अनुभूति हुने वर्षा शर्मा बताउँछिन् ।

त्यसो त कोरोना संक्रमणको जोखिम कायमै छ । भीडभाड नगर्न विज्ञहरुले सुझाव दिइरहेका छन् । तर सुरक्षाका उपायहरु अपनाएपछि कोरोना नलाग्ने मन्दिरमा दर्शनका लागि आएकाहरु बताउँछन् ।

‘व्रत बसेपछि मन्दिर जानैपर्छ जस्तो लाग्छ, गेटबाहिरै भएपनि दिदीबहिनीसँग एकछिन रमाइलो गरौँ भनेर आइयो’, उनी भन्छिन्, ‘कोरोनाको डर हामीलाई पनि छ सतर्क भएरै हिडेका छौँ ।’

पशुपतिनाथसँगै काठमाडौँको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा पनि महिलाहरुको चहलपहल बढेको छ । गोकर्ण जोरपाटी आसपासका व्रतालु महिलाहरु बिहानैदेखि दर्शनका लागि मन्दिर पुगेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ३३ बजे

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका