बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह | Khabarhub Khabarhub

बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै जननायक बीपी कोइरालाले देखेको सपना पूरा गर्न सक्ने बताएका छन् ।

बीपीको १०८औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै नेता सिंहले कोइरालाले देश र जनताका लागि पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् ।

कांग्रेसको महाधिवेशन समयमा नै पूरा गर्नु पर्ने चुनौती रहेको बताउँदै सिंहले भनेका छन्, ‘बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक बीपीले देखेका सपना पूरा गर्न सकिने छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु ।’

कांग्रेसका संस्थापक नेता कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : ३५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी