साउन महिनाको चौथो सोमबार पशुपति मन्दिरमा भक्तजनको भीड | Khabarhub Khabarhub

साउन महिनाको चौथो सोमबार पशुपति मन्दिरमा भक्तजनको भीड


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन महिनाको चौथो सोमबार पनि भक्तजनहरुले पशुपतिनाथ मन्दिर पुगेर भगवान शिवको पूजाआराधना गरेका छन् ।

कोरोना महामारीका कारण मन्दिर नखुले पनि मन्दिर बाहिरै उनीहरुले पूजाआजा गरेका हुन् ।

पशुपति मन्दिर परिसरमा भक्तजनको भीड लागेको थियो । साउन महिनाको हरेक सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भिड लाग्ने गरेकामा यसवर्ष कोभिडको जोखिम कायमै रहेकाले विगत भन्दा भक्तजनको संख्यामा भने कमी आएको थियो ।

यस वर्ष साउन ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ३४ बजे

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा सफल भयो प्रहरीको मिसन ‘लालीगुराँस’

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर