१.४७ अंकले नेप्से बढ्दा १४ अर्ब १३ करोडमाथिको कारोबार | Khabarhub Khabarhub

१.४७ अंकले नेप्से बढ्दा १४ अर्ब १३ करोडमाथिको कारोबार


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३,१०९ दशमलव ६० को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ५८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ५३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ५० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ४२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ

त्यस्तै, आज आइसीएफसी फाइनान्स कम्पनी, कपोैरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रोपावर, जीवन बिकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

एसबिएल डिबेञ्चरका इकार्ईले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : १० बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार