जसपाले कारबाही गरेका तीन नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार | Khabarhub Khabarhub

जसपाले कारबाही गरेका तीन नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले निष्काशन गरेका तीन सांसदले आफूहरूमाथि पार्टीले गरेको कारबाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीको निर्देशनविपरीत जसपाका तीन जना सांसदहरु विजयबहादुर यादव, सन्तोकुमार पाण्डे र कल्पना पाण्डेले कारबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश इश्वर खतिवडाको इजलाशले विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई भदौ ८ गते अदालतमा बोलाएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ४३ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११