कलाकारले लगाए भेरोसेल खोप | Khabarhub Khabarhub

कलाकारले लगाए भेरोसेल खोप


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको पहलमा कलाकारले आइतबार भेरोसेल खोप लगाएका छन् । संघले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब एक हजार ६०० फिल्मकर्मीलाई खोपको व्यवस्था गरेको हो । ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको उक्त खोप लगाउने कार्यक्रममा उनीहरुले खोप लगाएका हुन् ।

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको बताए । उनले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गरे । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा फिल्मकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायत खोपसम्बन्धी प्रचारप्रसार गरेका थिए ।

संघका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । कलाकार मोहन निरौलाले उक्त संघले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : ४० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने