अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन | Khabarhub Khabarhub

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध तथा उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्‍यो ।

उक्त प्रतिबेदनअनुसार अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरूमध्ये १५ मा अलकायदा सक्रिय रहेको देखिएको छ । ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकुहरु रहेको समेत पाइएको छ । उत्तरी काकेशस क्षेत्र, पाकिस्तान र अफगानिस्तान सरकारसँग लडिरहेको चीनको सिन्जियाङको उइगर स्वायत्त क्षेत्रका व्यक्तिहरु संलग्न भएको पाइएको हो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को रिपोर्टको अनुगमन टोलीले सन् २०२० को फेब्रअरीमा दोहामा अमेरिकी प्रशासन र पाकिस्तानमा रहेका तालिबान नेतृत्व परिषद् तथा अलकायदा र तालिबान गठबन्धन, अन्तर्राष्ट्रिय आतंकवाद र अमेरिकी प्रशासन एवं तालिबानबीच सम्झौतामा हस्ताक्षर भएदेखि नै शान्तिपूर्ण प्रयासबारे छलफल गरे पनि अफगानिस्तानमा युद्धको प्रमुख र अन्तर्निहित कारण पहिचान गर्न असफल भएको थियो ।

अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धका लेखक क्रिस अलेक्जेन्डर  र २००५ र २००९ सम्म अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघको पूर्वउपविशेष प्रतिनिधिसँग एक भर्चुअल कुराकानीमा क्रिसले केही अलकायदाका नेताहरु अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएका छन् ।

क्रिसका अनुसार विभिन्न प्रतिवेदनहरु, पत्रकारहरुका आधिकारिक स्रोत, अनुसन्धानकर्ताहरु, पाकिस्तानी अधिकारी र त्यसअघिका अनुसन्धान अधिकारीहरुका अनुसार अलकायदा संरचनात्मकरुपमा पाकिस्तानमा बस्दै आएको छ ।

सन् १९९८ मा अलकायदाको गठन भएदेखि नै आतंकवादी समूहका शीर्ष नेताहरु पाकिस्तानमा बस्दै आएका छन् । तर, प्रतिवेदनमा भने उनीहरु पाकिस्तानमा बसेकोबारे उल्लेख गरिएको छैन ।

यसबारे उल्लेख गरिएको अवस्थामा उनीहरुले पाकिस्तानमा मुल मुद्दाका विषयमा सम्झौता गर्न सुरु गर्ने आशंकाले सो विषय उल्लेख नगरिएको क्रिसले बताएका छन् । यसको विस्तृत विवरण सार्वजनिक भए अफगानिस्तान र पाकिस्तानको प्रोक्सी युद्ध वास्तवीक सशस्त्र युद्धमा परिणत भएर पूरै एसियाको अशान्त हुने जोखिम रहेको उनले जनाएका छन् ।

उनका अनुसार हरेक वर्ष अलकायदा र अन्य आतंवादी समूहका हजारौं लडाकुहरु मारिने भएकोले पनि उनीहरुले अहिले कुनै ठूलो गतिविधि सञ्चालन गरेका छैनन् ।

पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि भने तालिबानी लडाकु समूहसँग मिलेर अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्दै क्षेत्र कब्जा गर्ने गरेका छन् । हक्वानी समूहले पनि अलकायदासँग मिलेर विभिन्न आतंकवादी गतिविधिहरु सञ्चालन गरिरहेको पाइएको छ ।

सन् २०२० को अमेरिका र तालिबानीबीचको शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धी अमेरिकी सेनाको फिर्ता भएको र हजारौं तालिबानी कार्यकर्ताहरुको रिहाइ भएको बताइएको छ । तर, नाटो र अमेरिकी सेना फिर्तापछि पनि तालिबानी समूहले सत्ता कब्जा नगरेसम्म युद्धलाई जारी राख्नसक्ने चेतावनी भने दिइएको छ ।

स्रोत : अफगानडायस्पोरा डट नेट

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल