भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी | Khabarhub Khabarhub

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् ।

बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने ।

‘म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाइमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’

क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे ।

मेस्सी अब पीएसी जाने तयारीमा छन् । उनलाई पीएसीले २ वर्ष क्लवमा रहने गरी प्रस्ताव गरेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : २६ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ