महासेनानी खत्री सहायक रथीमा बढुवा | Khabarhub Khabarhub

महासेनानी खत्री सहायक रथीमा बढुवा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका महासेनानी (फुल कर्णेल) रवीन्द्र खत्री सहायक रथी (ब्रिगेडियर जर्नेल)मा बढुवा भएका छन् ।

सरकारले रक्षा मन्त्रालयको सिफारिसमा उनलाई सहायक रथीमा बढुवा गरेको हो । उनलाई अहिले संगठन निर्देशनालयमा पदस्थापन गरिएको छ ।

विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका व्यावसायिक र क्षमतावान अधिकृतका रुपमा चिनिन्छन् ।

गत जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी रवीन्द्र खत्रीलाई रिक्त सहायक रथी र प्रमुख सेनानी मुनाल बस्नेतलाई रिक्त महामसेनानी पदमा बढुवा गरेको हो ।

सरकारले महासेनानीद्वय उत्तमकुमार विष्ट र सन्तोषराज पाण्डेको पदावधि थप गरको छ भने ५ जना सहायक रथीहरूको सरुवा गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : ५५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल