अमेरिकामा अन्धाधुन्ध गोली चल्दा एक नेपालीसहित चारको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा एक नेपालीसहित चारको मृत्यु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेरिल्याण्ड- अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ ।

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । रासस

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ५६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष