कोरोना संक्रमित सांसद पनि प्रधानमन्त्रीको विश्वासको मतदानमा सामेल हुन पाउने (भिडियोसहित) | Khabarhub Khabarhub

कोरोना संक्रमित सांसद पनि प्रधानमन्त्रीको विश्वासको मतदानमा सामेल हुन पाउने (भिडियोसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदका लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो।

संक्रमित सांसदका लागि संसद् भवन बाहिर पालको व्यवस्था गरिने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

‘उहाँहरु आउनुभयो भने बाहिर पालमा राख्ने र छुट्टै लबि बनाएर मतदानमा सहभागी गराउने तयारी भएको छ। मतदानको घण्टी लागेपछि मात्रै उहाँहरु मतदानका लागि जानुहुन्छ’,प्रवक्ता पाण्डेले भने ।

संसद् बैठक छोटो बनाउने र मतदान भोलि नै गराउने निर्णय कार्यव्यवस्थाले गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेपछि भोलि सोमबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। सचिवालयका अनुसार २८ जना सांसद संक्रमित छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : १३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र