एमाले वरिष्ठ नेता खनाल कोरोना संक्रमणमुक्त | Khabarhub Khabarhub

एमाले वरिष्ठ नेता खनाल कोरोना संक्रमणमुक्त


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।

हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिएका छन्।

खनालले केही समयको आराम पछि अस्पतालबाट डिस्चार्ज हुने र सक्रिय कामकाजमा फर्किने पनि बताएका छन् ।

उनले आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : १५ बजे

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु