कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द | Khabarhub Khabarhub

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ ।

भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ ।

सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले जानकारी दिए । उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए ।

निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ ।

दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ५३ बजे

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक