एकअर्काका नातेदार पर्छन् यी कलाकार | Khabarhub Khabarhub

एकअर्काका नातेदार पर्छन् यी कलाकार


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड आफैंमा एक ठूलो परिवार जस्तै छ । त्यही परिवारभित्रका केही कलाकारहरु नातामा एकअर्काका आफन्त पर्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सोनम कपूरदेखि रणवीर सिंहसम्म र करीना कपूर खानदेखि श्वेता बच्चनसम्मका अनुहार एकअर्काको नातेदार पर्छन् ।

अभिनेत्री काजोलकी आमा अभिनेता मोहनीश बहलकी दिदी हुन् । त्यहीकारण काजोल र मोहनीशबीच मामाभान्जीको सम्बन्ध छ ।

निर्देशक तथा निर्माता करण जोहार र निर्माता आदित्य चोपडाको सम्बन्ध मामा भान्जाको छ । करणकी आमा हीरु जोहार यशकी बहिनी हुन् ।

अभिनेत्री करीना कपूर खान बलिउडको सर्वाधिक चर्चित र सफल कपूर खानदानको प्रतिनिधित्व गर्छिन् । सायद एउटा कुरा कमैलाई थाहा होला श्वेता बच्चन नन्दा र करीना आफन्त हुन् ।

श्वेता करीनाकी काकी र ऋतु नन्दाकी बुहारी हुन् । उनी करीनाका भान्जा निखिल नन्दाकी पत्नी हुन् ।

अभिनेता रणवीर सिंह र अभिनेत्री सोनम कपूर निकै नजिकका आफन्त हुन् । सोनमकी हजुरआमा र रणवीरकी हजुरआमा दिदी बहिनी हुन् ।

अभिनेत्री रानी मुखर्जी र काजोल चर्चित अभिनेत्रीसँगै एकअर्काका नातेदार पनि हुन् । उनीहरुका पिता भान्जा भाइ हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १ : ५० बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल