नागस्थान चोकमा ट्राफिक बत्ती | Khabarhub Khabarhub

नागस्थान चोकमा ट्राफिक बत्ती


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो ।

जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच उद्घाटन गरे ।

कार्यक्रममा महाशाखा प्रमुख भट्टराईले सडक बत्ती जडानसँगै सडक अनुशासन कायम हुनुका साथै दुर्घटनामा कमी आउने बताए । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमन सहज बनाउन चोक चोकमा ट्राफिक बत्ती जडान कार्य तीव्र बनाइएको उनको भनाइ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आज ट्राफिक बत्ती सञ्चालनमा सहयोग गरेको बताए । काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले महाशाखाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका प्रशंसायोग्य रहेको बताए ।

आज जडान गरिएको ट्राफिक बत्तीसँगै उपत्यकाका ३२ चोकमा ट्राफिक बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १२ : २५ बजे

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल