करोड क्लबमा अनिलाको ‘टलटल टल्किने’ | Khabarhub Khabarhub

करोड क्लबमा अनिलाको ‘टलटल टल्किने’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अनिला राईको स्वर रहेको गीत ‘टलटल टल्किने’ करोड क्लबमा प्रवेश गरेको छ । यो गीतमा अनिलालाई गायक राजेशपायल राईले स्वरमा साथ दिएका छन् ।

यो गीत फिल्म ‘वीरविक्रम’मा समावेश छ । नयाँ एलबमको तयारी गरिरहेकै बेला आफूले गाएको गीतले करोड बढी दर्शक पाएपछि अनिला दंग छिन् ।

‘एल्बमको तयारी गरिरहेकै बेला ‘टलटल टल्किने’ गीतले करोडभन्दा बढी भ्युअर्स पाएको छ । दर्शक तथा श्रोताको यो मायाले खुसी लागेको छ,’उनले भनिन् ।

करिब डेढ दशकदेखि बेलायतमा बस्दै आएकी गायिका अनिलाले त्यहाँ बसेर पनि नेपाली गीतसंगीतलाई निरन्तर अँगाल्दै आएकी छन् ।

लोकदेखि आधुनिक र फिल्म गीतसम्म गाउँदै आएकी अनिलाका गीतहरु दर्शक तथा श्रोताले पनि रुचाएका छन् । यसैक्रममा ‘टलटल टल्किने’ गीत करोड क्लवमा प्रवेश गरेको हो ।

पछिल्लो समय ‘स्वरांकन’ नामक एल्बम निकालेकी अनिलाले केही महिनापछि नयाँ एल्बम ल्याउन लागेको बताइन् । अनिलाका ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘तिमी बाहेक’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीत चर्चित छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १२ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय