टेक्सासमा एक नेपालीको हत्या, आक्रमणकारी पक्राउ | Khabarhub Khabarhub

टेक्सासमा एक नेपालीको हत्या, आक्रमणकारी पक्राउ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको छ ।

मंगलबार राति ३९ वर्षीय थापामाथि गोली प्रहार भएको थियो । अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो ।

पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए । कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो । थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन् ।

घटना लगत्तै आपतकालिन टोली पुगेर बचाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती आक्रमणकारी गाडी चढेर फरार भएका थिए । बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रहरीले बिहीबार उनलाई सार्वजनिक गरेको हो ।

आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ । जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ५४ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।