युरोपा लिग : म्यान्चेस्टर युनाईटेडसँग हार्‍यो ग्रानडा | Khabarhub Khabarhub

युरोपा लिग : म्यान्चेस्टर युनाईटेडसँग हार्‍यो ग्रानडा


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले समान एक-एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

यस जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । ग्रानडालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । अब दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ३९ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त