पूर्वमन्त्री नवीन्द्रराज जोशी स्वास्थ्य अवस्था थप जटिल | Khabarhub Khabarhub

पूर्वमन्त्री नवीन्द्रराज जोशी स्वास्थ्य अवस्था थप जटिल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका उनको शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।

जोशीको उपचारमा डाक्टर राजिव झा नेतृत्वको टोली खटिएको छ । उपचाररत जोशीको स्वास्थ्य अवस्था शनिबारदेखि बिग्रिएको जानकारी दिँदै डा झाले अहिले भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : ४१ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश